ज्योरेई – आत्मा को शुद्धीकरण
“जब सम्म तपाई अरुलाई खुसी बनाउन सक्नुहुन्न , तबसम्म स्वयं पनि साँचो अर्थमा खुशी हुन सक्नुहुन्न।” —मेस्युसामा
“ज्योरेई” एक पवित्र उपचारात्मक आध्यात्मिक अभ्यास हो, जसको अर्थ “आत्माको शुद्धीकरण” हो। स्युमेका संस्थापक मेस्युसामाले शारीरिक रोगहरूको उपचारका रूपमा ज्योरेईको विकास गर्नुभयो।ज्योरेई दुई व्यक्तिबीच सम्पन्न हुने एक पावन अभ्यास हो—एक जनाले प्रदान गर्नुहुन्छ र अर्को जनाले श्रद्धापूर्वक ग्रहण गर्नुहुन्छ। ज्योरेई प्राप्त गर्ने व्यक्तिले शान्ति र कल्याणको अनुभूति अनुभव गर्न सक्नुहुन्छ । ज्योरेई प्रदान गर्ने व्यक्तिले पनि अरूप्रति करुणा र प्रेमको भावना अझ विस्तार हुने आध्यात्मिक लाभ प्राप्त गर्नुहुन्छ।
“ज्योरे जुनसुकै व्यक्ति, स्थान र समयमा प्रदान गर्न सकिन्छ। ज्योरे अनुभव गर्न इच्छुक सबैलाई हाम्रो केन्द्रमा हार्दिक स्वागत छ।”

