ज्योरे प्रश्नोत्तर
ज्योंरेईले कसरी काम गर्छ ?
ज्योरेई अभ्यासकर्ताहरूले आध्यात्मिक बादललाई रोग र दुखको कारण मान्छन्। यी बादलहरू हाम्रो आध्यात्मिक शरीरमा सूक्ष्म अशुद्धताहरू हुन् जसले हाम्रो चेतनालाई कम गर्छ र हाम्रो स्वास्थ्यलाई हानि गर्छ। ज्योरेईले आध्यात्मिक बादललाई त्यसरी नै हटाउँछ जसरी प्रकाशले अन्धकारलाई हटाउँछ। ज्योरेई पहिले निधारमा प्रसारित हुन्छ, जसले मुख्य रूपमा आध्यात्मिक शुद्धिलाई बढावा दिन्छ, र त्यसपछि टाउकोको शीर्षमा, जसले शारीरिक शुद्धिलाई प्रेरित गर्दछ। ज्योरे दिने व्यक्तिले ग्रहणकर्ताको रोग पहिचान गर्न आवश्यक हुँदैन, किनकि दिव्य प्रकाश सिधै समस्याको मूल स्रोतमा पुग्छ।
के यो सधैं सबैको लागि राम्रो छ ?
हो,ज्योरे, प्रार्थना जस्तै, विश्वव्यापी रूपमा लाभदायक छ, किनकि भागवनको सहायता सबैको लागि राम्रो र सम्मान छ। ज्योरेईको ज्योतिले शुद्धीकरण र उत्थान गर्दछ, त्यहाँ कुनै नकारात्मक साइड इफेक्टहरू छैनन्। यद्यपि हामीले यस विषयलाई वैज्ञानिक रूपमा अध्ययन गरेका छैनौं, यसले शरीरको प्राकृतिक सन्तुलन (होमियोस्टेसिस) कायम गर्न सहयोग पुर्याउने देखिन्छ। अत्यधिक सक्रिय वा कम सक्रिय दुवै प्रकारका प्रतिरक्षा प्रणालीलाई यसले लाभ पुर्याउन सक्छ।ज्योरेले अस्थिर वा चिन्तित मनलाई शान्त बनाउँछ र थाकेका व्यक्तिलाई पुनः ऊर्जावान बनाउँछ। यस प्रकार, ज्योरेई शरीर, मन र आत्माका लागि हितकारी छ।
के कस्तो महसुस हुन्छ ?
हरेक व्यक्तिको अनुभव फरक–फरक हुन सक्छ। केही व्यक्तिहरूले कुनै विशेष अनुभूति नगर्न पनि सक्नुहुन्छ। अर्कोतर्फ, धेरैले गहिरो आरामको अनुभूति गर्नुहुन्छ, प्रकाश देख्नुहुन्छ, दबाब वा न्यानोपन महसुस गर्नुहुन्छ, वा टाउको, औला वा खुट्टाका औलामा झनझनाहट अनुभव गर्नुहुन्छ। भावनात्मक रूपमा, प्रेम, आनन्द र शान्तिको अनुभूति प्रायः देखिन्छ। केहीले विभिन्न रङहरू देख्नुहुन्छ, र प्रायः सबैले पछि आफूलाई विश्रामपूर्ण र ताजगीपूर्ण महसुस गर्नुहुन्छ। अनुभूति भए वा नभए पनि, हाम्रो विश्वास अनुसार ज्योरे सधै हितकारी नै हुन्छ
ज्योरेई प्राप्त गर्दा मैले के गर्नुपर्छ?
ज्योरे ग्रहण गर्दा आरामदायक अवस्थामा सिधा बसेर आँखा बन्द गर्नुहोस् र दुवै हात काखमा खुला रूपमा राख्नुहोस्। आफ्नो मन शान्त पार्नुहोस् र प्राप्त गरिरहनुभएको दिव्य प्रकाशप्रति कृतज्ञता व्यक्त गर्नुहोस्। सत्रको बीचतिर तपाईलाई टाउको अलि झुकाउन अनुरोध गरिनेछ, ताकि टाउकोको माथिल्लो भागमा पनि ज्योरेई ग्रहण गर्न सकियोस्।
कति खर्च लाग्छ ?
ज्योरेई एक दिव्य वरदान हो; यसको लागि कहिल्यै शुल्क लिइँदैन। यद्यपि, हाम्रो कामलाई समर्थन गर्न दानहरू, कृतज्ञताको अभिव्यक्तिको रूपमा दिइएको खंड मा, हामी हार्दिक रूपमा सराहना गर्दछौ।
ज्योरेई धार्मिक हो ?
यद्यपि ज्योरेईले हाम्रो आध्यात्मिक अवस्थालाई केन्द्रित गर्दछ, यो कुनै पनि विशेष, सांप्रदायिक रूपमा धार्मिक छैन। ज्योरेई कुनै पनि धार्मिक वा आध्यात्मिक अनुनयबाट जो कोहीलाई पनि उपलब्ध एक समग्र अभ्यास हो। यसको लाभको लागि धर्म वा भगवान, वा ज्योरेमा पनि विश्वास गर्न आवश्यक छैन। न त प्राप्तकर्ता कुनै पनि संस्थामा सामेल हुनुपर्नेछ। तथापि, अन्तिम परिणाम जीवनको एक प्रेरित तरिका हुन सक्छ।
के ज्योरेईले शारीरिक रोग निको पार्छ ?
प्रायः मानिसहरूले ज्योरेई प्राप्त गर्दा कम दुखाइ र राम्रो स्वास्थ्य रिपोर्ट गर्छन्। यद्यपि, ज्योरेईको उद्देश्य खुशी र सद्भावको भावना सिर्जना गर्नु हो, जसको आधार राम्रो स्वास्थ्य हो। शारीरिक रोग नीको हुन्छ वा हुदैन यो आध्यात्मिक कुरा हो। आत्मा पहिले हाम्रो अशुद्धताबाट शुद्ध हुनुपर्छ, त्यसपछि शारीरिक उपचार हुन सक्छ। पूर्ण स्वास्थ्यलाभ भनेको केवल बाहिरी शारीरिक लक्षण हटाउनु मात्र होइन; यो व्यक्तिको सम्पूर्ण जीवन र अनुभवसँग सम्बन्धित समग्र प्रक्रिया हो।
म कसरी ज्योरेई साझा गर्न र अरूलाई निको पार्न मद्दत गर्न सक्छु ?
ज्योरेई दिन चाहने जो कोहीले केही निर्देशनात्मक सत्रहरूमा भाग लिएर र औपचारिक रूपमा ज्योरेई अभ्यासकर्ताको रूपमा प्रारम्भ गरेर ज्योरेई साझा गर्न सकीन्छ।
मेरो समस्या समाधान गर्न कति ज्योरेई चाहिन्छ?
ज्योरेई दाताले यस प्रश्नको जवाफ दिन सक्दैन, किनकि यो आध्यात्मिक बादलहरू, वा अशुद्धताहरूको संचयमा निर्भर गर्दछ, जुन पहिले तपाई भित्र शुद्ध हुन आवश्यक छ। जतिसक्दो धेरै पटक ज्योरेई ग्रहण गर्नु उचित हुन्छ र तपाईलाई निरन्तर समस्या हुँदा शिक्षाको अध्ययन गरेर आध्यात्मिक संसारको बारेमा जान्न सक्नु हुन्छ ।
ज्योरे दिने व्यक्तिले के अनुभूति गर्नुहुन्छ?
हरेक व्यक्तिको अनुभव फरक–फरक हुन्छ। सामान्यतया, ज्योरे दिने क्रममा कृतज्ञता, आन्तरिक शान्ति र खुशीको अनुभूति हुन्छ। कहिलेकाहीँ तातोपन, झनझनाहट, वा रङ र आकृतिहरू देखिने अनुभव पनि हुन सक्छ। ज्योरे दिने फाइदा केवल दिने व्यक्तिमै सीमित रहँदैन; उहाँको आध्यात्मिक सम्बन्धमार्फत साथी र परिवारले पनि त्यसको लाभ अनुभव गर्न सक्छन्।
ज्योरेई र उपचार को अन्य रूपहरु बीच के भिन्नता छ ?
धेरै मानिसहरूले अनुभव गर्नुहुन्छ कि ज्योरेको ऊर्जा र अन्य उपचार विधिहरूको ऊर्जा फरक महसुस हुन्छ। अन्य उपचार प्रविधिहरूका सत्रहरू कहिलेकाही एक घण्टा वा सोभन्दा बढी समयसम्म चल्न सक्छन्, जबकि ज्योरेईका सत्रहरू सामान्यतया पाँच मिनेटमै सम्पन्न हुन्छन्। अरू उपचार विधिहरू जटिल प्रविधि र प्रक्रियामा आधारित हुन सक्छन्, तर ज्योरेई सरल अभ्यास हो, जसमा मुख्य रूपमा प्रेम र कृतज्ञतामा जोड दिइन्छ। ज्योरे दिने व्यक्तिले ऊर्जा वा उपचारको परिणामलाई नियन्त्रण गर्ने प्रयास गर्नुहुन्न; बरु, दिव्य प्रकाशलाई स्वतः प्रवाह हुन दिनुहुन्छ
