संस्थापक सम्बन्धि

संस्थापक सम्बन्धि

”यो बिमारीको कारणले गर्दा मलाई भगवानको विद्यार्थी बन्ने सुअवसर प्राप्त भयो।” —मेसुसामा

सन् १८८२ मा जापानको टोकियोमा जन्मनु भएको मेस्युसामाले आफ्नो युवावस्थाको अधिकांश समय गरिबी र विभिन्न रोगबाट पीडित बिताउनु भएको थियो । 37 वर्षको उमेरमा, मेस्युसामाले जीवनको आध्यात्मिक अर्थ खोज्न थालनू भयो र शिन्तो -सम्बन्धित धार्मिक समूह ओमोतोमा सामेल हुनु भयो । सामेल भएपछि एकपछि अर्को चमत्कारी अनुभवहरूले उहाँको मार्ग उजागर गर्न थाल्यो। १९३४ मा, उहाँले आफ्नो संगठन जापान कन्नोन समाज (Kannon Society of Japan) स्थापना गर्नुभयो। मेइस्युसामाको विश्वास थियो कि करुणाका देवता खान्नोनले उहाँलाई सधैं शक्ति र मार्गदर्शन प्रदान गरिरहनु भएको छ।

उहाँले आफ्नो आध्यात्मिक उपचार विधिलाई निरन्तर विकसित गर्दै ज्योरेई (Jyorei) नाम दिनुभयो, जसको अर्थ “आत्माको शुद्धिकरण” हो। दोस्रो विश्वयुद्धको अन्त्य पछि, मेसुसामाले संगठनको मुख्य अभयारण्यहरू बनाउनमा ध्यान केन्द्रित गर्नु भयो । सुन्दरताको शक्तिबाट समाज परिवर्तन गर्न सकिने उहाको भनाइ थियो । आफ्नो खुशीको कारण विश्लेषण गर्दै उहाँ भन्नुहुन्थ्यो कि यसका स्रोतहरू हुन्—“सबैलाई शान्त, सुखी र भाग्यमानी देख्ने इच्छा”। मेस्युसामाको करुणा र कृतज्ञताको शक्तिले धेरैको जीवन परिवर्तन गर्‍यो र विश्वको भविष्यको सुधारको लागि बीउ छर्यो।
उहाँको भौतिक जीवन १९५५ मा, ७२ वर्षको उमेरमा समाप्त भयो, तर उहाँले सिर्जना गर्नुभएको आध्यात्मिक प्रकाश आज पनि संसारभर फैलिरहेको छ।