स्युमेइको बारेमा

स्युमेई दर्शन

“कृतज्ञताको भावले अझ कृतज्ञता जन्माउँछ, र असन्तुष्टिको भावले असन्तुष्टिलाई निम्त्याउँछ।” —मेशुसामा

स्युमेई एक आध्यात्मिक संगठन हो , आध्यात्मिक नेता, मोओकिची ओकड़ा को बुद्धि र अन्तर्दृष्टि लागू गरेर सबैको लागि स्वास्थ्य, खुशी र सद्भाव बढाउँछ, जसलाई यसका सदस्यहरूले “मेस्युसामा ” भनेर उल्लेख गर्छन्।

मेस्युसामाले सिकाउनुभयो कि ज्योरेईको आध्यात्मिक उपचार, प्राकृतिक कृषिको अभ्यास, र कला तथा सौन्दर्यको कदर मार्फत रोग, गरिबी, र कलहबाट मुक्त संसार प्रत्येक व्यक्तिको पहुँचमा रहन्छ।

स्युमेइको समावेशी आध्यात्मिक दृष्टिकोणले सार्वभौमिक कल्याणको खोजी गर्ने कुनै पनि धर्मसँग सम्मानपूर्वक मिलेर काम गर्न सक्छ। स्युमेइका सदस्य र मित्रहरू विविध पृष्ठभूमिबाट आउनु भएको छ, र धेरैले हामीसँग आबद्ध भएपछि आफ्ना धार्मिक विश्वास र अभ्यासहरूलाई अझ गहिरो र सशक्त रूपमा कायम राख्ने अवसर पाउँनुहुन्छ।


अन्तर्राष्ट्रिय मुख्यालय

Shiga, Japan

Email: kokusai@shumei.or.jp